भोट हाल्ने दिन देशैभर बिदा

भोट हाल्ने दिन देशैभर बिदा

सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिने भएको छ । हिजो बसेको क्याबिनेट बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।यही वैशाख ३० गते देशका सबै सात सय ५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ । यसअघि निर्वाचन आयोगले बिदाका लागि सरकारलाई सिफारिस गरेको थियो ।

टिप्पणीहरू