कोलोनीकै घरबाट ११ लाख बढीको धनमाल चोरी

कोलोनीकै घरबाट ११ लाख बढीको धनमाल चोरी

बूढानीलकण्ठ नगरपालिका–९, स्थित कोलोनीभित्रको घरबाटै ठूलो परिमाणमा नगद तथा धनमाल चोरी भएको छ ।

हिजो साँझ बूढानीलकण्ठस्थित कोलोनीमा अञ्जु आचार्यको घरबाट नगद र सुनका विभिन्न गहना गरी करिब ११ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।

प्रहरी प्रभाग मण्डिखाटारबाट गएको टोलीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको छ ।

टिप्पणीहरू