स्कुलमा बम विस्फोट, पाँच दर्जन मारिए

स्कुलमा बम विस्फोट, पाँच दर्जन मारिए

पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा बम विष्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

क्षेत्रीय गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताएका छन् । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए । विस्फोटपछि भवनमा आगलागी भएको थियो ।

‘लगभग चार घण्टापछि आगो निभाइएको थियो । त्यसपछि भग्नावशेष खाली गरियो, र दुर्भाग्यवश, दुई जनाको शव फेला पर्यो’, गैडाइले भने । ‘तीस जनालाई भग्नावशेषबाट निकालिएको थियो, जसमध्ये सात जना घाइते भएका थिए । भवनको भग्नावशेषमुनि ६० जनाको मृत्यु भएको हुनसक्ने सम्भावना छ’, उनले थपे ।

टिप्पणीहरू