राष्ट्रपति र उपराष्ट्रपति सर्वोच्च अदालत जाने

राष्ट्रपति र उपराष्ट्रपति सर्वोच्च अदालत जाने

राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो सर्वोच्च अदालत जाने हुनुभएको छ । आजै उपराष्ट्रपति नन्दकिशाेर पुन पनि सर्वोच्च अदालत जान लाग्नुभएको हो ।

कानुन दिवसको उपलक्ष्यमा सर्वोच्च अदालत परिसरमा आयोजना गर्न लागिएको कार्यक्रममा उहाँहरु जान लाग्नुभएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । कार्यक्रममा विभिन्न संवैधानिक अंगका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा कानुन दिवस मनाउन लागिएको हो ।

आजै सर्वोच्च परिसरमा जलपान कार्यक्रमसमेत राखिएको छ । कार्यक्रम दिउँसो २ बजे हुन लागेको हो ।

टिप्पणीहरू