सुगठन प्रतियोगितमा धाँधली भएको सहभागीहरुको आरोप

सुगठन प्रतियोगितमा धाँधली भएको सहभागीहरुको आरोप

१६औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा धाँधली भएको आरोप लागेको छ । प्रतियोगितामा सहभागी खेलाडीले धाँधलीको आरोप लगाएका हुन् ।

हिजो र अस्ति नेपाल व्यायाम मन्दिरको आयोजनामा काठमाडौंमा भएको प्रतियोगितामा आयोजकले धाँधली गरेको आरोप लागेको हो ।

आज सहभागीहरुले पत्रकार सम्मेलन गरेर आयोजकले निर्णायकको निर्णय नै हेरफेर गरेर आफ्ना मान्छेलाई जिताएको दाबी गरेका छन् । सहभागी अनुज मास्केले भने, ‘ आफ्ना खेलाडीलाई जिताउनु हामीहरुलाई अवहेलनासम्म गरियो ।’

टिप्पणीहरू