एमाले उम्मेदवारले चुनाव जिते पहिला भारत जाने र उतैको नक्कल गर्ने

एमाले उम्मेदवारले चुनाव जिते पहिला भारत जाने र उतैको नक्कल गर्ने

नेकपा एमालेका तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले आफूले चुनाव जिते भारतमा भएका राम्रा कामको नक्कल गर्ने बताएका छन् ।

आज एमाले चितवनले भरतपुरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मेयरमा विजयी भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने पनि बताए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र केन्द्रीय मन्त्री नितिन गडकरीलाई भेट्ने र उनीहरुले गरेका कामको सिको गर्ने सुवेदीको भनाइ छ । साथै, केजरीवाल र गडकरीलाई भरतपुर भ्रमणमा बोलाउने पनि उनले बताए ।

आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उनले गरे ।

टिप्पणीहरू