सरकारले संसदको बजेट अधिवेशन डाक्योे

सरकारले संसदको बजेट अधिवेशन डाक्योे

सरकारले संघीय संसद्को अधिवेशन बोलाउने निर्णय गरेको छ । अधिवेशन २०७९ जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउसो ४ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संविधानमा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नैपर्ने बाध्यकारी व्यवस्था छ ।

टिप्पणीहरू