जनकपुरमा विमलेन्द्र निधि किन बोलेनन् ?

जनकपुरमा विमलेन्द्र निधि किन बोलेनन् ?

हिजो जनकपुरमा आयोजित आमसभामा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले बोलेनन् । उनी सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको जनकपुरमा आयोजित मधेश प्रदेशको चुनावी आमसभा बहिष्कार गरेर हिँडेका हुन् ।

आफ्नो गृह नगर र जिल्लामा भएको कार्यक्रममा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मुख्य वक्ता भएको कार्यक्रम उनले बहिष्कार गरेका हुन् । आखिर निधिले हिजोको कार्यक्रम बहिष्कार किन गरे होलान् ?

नेपाली काँग्रेस स्रोतले भन्यो, ‘केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएपछि उहाँले उक्त चुनावी सभा बहिष्कार गर्नुभएको हो ।’

टिप्पणीहरू