१० लाख सिरियालीलाई घर फर्काउने टर्कीको योजना ‘विवादास्पद’

१० लाख सिरियालीलाई घर फर्काउने टर्कीको योजना ‘विवादास्पद’

टर्कीमा शरणार्थी जीवन बिताइरहेका सिरियालीहरु लाखौँको संख्यामा छन् । उनीहरुप्रति दिन प्रतिदिन टर्किस जनताको असन्तुष्टी बढ्दो छ । सोही कारणलाई मध्यनजर गर्दै टर्कीका राष्ट्रपतिले ती शरणार्थीहरुलाई स्वेच्छिक रुपमा आफ्नो मुलुक फिर्ता पठाउन प्रोत्साहित गर्ने उद्देश्यले एउटा योजना अघि सारेका छन् ।

उक्त योजनाअन्तर्गत टर्की समर्थित सेनाको नियन्त्रणमा रहेका सिरियाका केही भागमा नयाँ घर र सार्वजनिक सुविधासम्पन्न भवनहरूको निर्माण अहिले तीब्र रुपमा भइरहेको छ ।टर्कीका राष्ट्रपतिद्वारा गत मार्चमा गरिएको वार्तामा त्यहाँ रहेका शरणार्थी सिरियालीहरूलाई फिर्ता नपठाउने वाचा गरिएपछि झण्डै ४० लाख सिरियाली शरणार्थीहरूले आफ्नो देशमा आश्रय लिने बताइएको थियो ।

तर अहिले स्वेच्छिक रुपमा सिरिया फिर्ता पठाउन गरिएको निर्णय विवादमा आएको विज्ञहरु बताउँछन । किनकि सिरियाको वर्तमान सुरक्षा अवस्था उनीहरूका लागि सहज तवरले जीवनयापन गर्न अनुकूल छ्रैन ।‘उत्तरी सिरियाका केही भूभागमा अझै पनि दिनहुँ झडपहरू भइरहेका छन् । यो समयमा सिरियालीहरूलाइ फर्काउनु राम्रो काम होइन,’ शरणार्थी मुद्दाका विशेषज्ञ मेटिन कोराबातीरले सिन्ह्वालाई भने ।स्रोतः बुराक अकिंसी/सिन्ह्वा

टिप्पणीहरू