आज १७ जना संक्रमित, २१ जना संक्रमणमुक्त

आज १७ जना संक्रमित, २१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १० जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत भने अझै दुई सय एक जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १२ जना नयाँ संक्रमित फेला परेका छन् । ललितपुरमा दुई र भक्तपुरमा नयाँ संक्रमित थपिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५४ रहेको छ । भक्तपुरमा चार र ललितपुरमा १० जना छन् ।

आज पनि संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाकोे ज्यान गएको छ ।

टिप्पणीहरू