प्रधानमन्त्री पत्नीविरुद्ध निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री पत्नीविरुद्ध निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा केन्द्रीय सदस्य डा. आरजु देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । राणाले अस्ति प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा आयोजित चुनावी सभामा व्यक्त धारणाविरुद्ध उजुरी परेको हो ।

उहाँले, ‘काँग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने,’ भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै राणाविरूद्ध उजुरी हालिएको हो । उहाँले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्ने युवालाई वैदेशिक रोजगारीको निम्ति मलेसिया पठाइदिने आश्वासन समेत दिनुभएको थियो ।

डा. राणाविरुद्ध हरिशप्रसाद अवस्थीले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

टिप्पणीहरू