प्रधानमन्त्रीलाई भ्याईनभ्याई, सेनाको हेलिकप्टरमा उडेको उड्यै

प्रधानमन्त्रीलाई भ्याईनभ्याई, सेनाको हेलिकप्टरमा उडेको उड्यै

चुनावी सभालाई सम्बोधन गर्न दौडिनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरुलाई भ्याईनभ्याई भएको छ । आज पोखरा र दाङको तुलसीपुरमा आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बिहान काठमाडौंबाट पोखरा जानुभएको हो ।

पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँ त्यहिँबाट नेपाली सेनाको हेलिकप्टरमा दाङको तुलसीपुर पुग्नुभएको छ । २ बजे पोखराबाट उड्नुभएका प्रधानमन्त्री ३ बजे दाङ पुग्नुभएको हो । उहाँसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य शीर्ष नेताहरु हुनुुहुन्छ ।

उहाँहरुले अहिले चुनावी आमसभास्थल स्थानीय अरनिको मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न थाल्नुभएको छ । यसअघि प्रधानमन्त्रीलगायत गठबन्धनका शीर्ष नेताहरु हिजो बुटवल, जनकपुर र तनहुँमा आयोजित कार्यक्रममा सहभागी हुन सेनाको हेलिकप्टरमा त्यता जानुभएको हो ।

टिप्पणीहरू