घुस खाने पुलिसका सई अख्तियारको फन्दामा

घुस खाने पुलिसका सई अख्तियारको फन्दामा

गण्डकी प्रदेश प्रहरी कार्यालयको विपद व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) रुपनारायण महत्तोमाथि घुस खाएको आरोपमा अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्द ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको थियो । पक्राउपछि आवश्यक छानबिन गरि अख्तियारले मुद्दा चलाएको हो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसूरअन्तर्गत बिगो ३८ हजार रुपैयाँ कायम गरी सजायको मागदाबीसहित आज विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

टिप्पणीहरू