खलासीले किशोरीमाथि आँखा लगाउँदा ड्राइभर मारिए

खलासीले किशोरीमाथि आँखा लगाउँदा ड्राइभर मारिए

गत मंगलबार काठमाडौंबाट इलाम जान हिँडेकी एक १७ वर्षीया किशोरीलाई बसभित्रै बलात्कार प्रयास भयो । किशोरी सवार बा.५ ख ५९८२ नम्बरको बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का १८ वर्षीय युवकमाथि बलात्कार प्रयासको आरोप लागेको थियो ।

इलाम नगरपालिका–७ पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरीले आफ्ना बुबालाई फोन गरेर बोलाएपछि उनी डराएर भागे । तर, आवेगमा आएका पीडित किशोरीका बाबुले गाडी चालकमाथि निर्घात कुटपिट गरे ।

कुटपिटबाट गम्भीर घाइते भएका चालक नुवाकोट तारकेश्वर गाउँपालिका–२ वगुवा घर भएका ३४ वर्षीय दिपक ढुंगानाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जबरजस्ती करणी उद्योग गरी भागेका किशोरलाई पक्रेको छ । यस्तै, चालकलाई कुटपिट गर्ने ती किशोरीका बाबुलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

टिप्पणीहरू