अमेरिकामा कोरोना संक्रमण बढ्यो, अस्पताल भर्ना हुनेको संख्या अत्यधिक

अमेरिकामा कोरोना संक्रमण बढ्यो, अस्पताल भर्ना हुनेको संख्या अत्यधिक

संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको छ । बीचमा केही समय संक्रमण घटे पनि अहिले संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या बढेको हो । यसरी अस्पताल भर्ना हुनेको संख्या अहिले दिनको १५ सयसम्म पुग्न थालेको छ ।

गत बिहीबार एकै दिन अमेरिकामा ६८ हजार जनामा संक्रमण फेला परेको थियो । गत साता अस्पताल भर्ना हुनेको संख्या पनि दोब्बर भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यता चीनको राजधानी बेइजिङलगायत धेरै वटा ठूला शहरमा संक्रमण ह्वात्तै बढेको छ । संक्रमण रोकथामको निम्ति विभिन्न प्रतिबन्धहरु घोषणा गरिएका छन् ।

टिप्पणीहरू