अटेरी परीक्षार्थी दुई वर्षका लागि निलम्बित

अटेरी परीक्षार्थी दुई वर्षका लागि निलम्बित

प्रदेश लोक सेवा आयोग, वीरेन्द्रनगर सुर्खेतले एकजना परीक्षार्थीलाई दुई वर्षको निम्ति निलम्बित गरेको छ । परीक्षाको मर्यादाविपरीत कार्य गरेको भन्दै दैलेख आठबीस नगरपालिका ९ का लोकराज सिजापतिलाई दुई वर्षसम्म उम्मेदवार हुनबाट रोक लगाइएको हो ।

वैशाख १७ गते आयोगले लिएको (खुला–समावेशी) प्रशासन सेवा, सहायकस्तर पाँचौं तहको एकीकृत वस्तुगत लिखित परीक्षामा उनले आचरणविपरीतको काम गरेको सूचनामा उल्लेख छ । आफूलाई प्राप्त प्रश्नपत्रको फोटो खिची सिजापतिले मोबाइलमार्फत् सोही दिन सामाजिक सञ्जालमा पोष्ट गरेको आयोगले जनाएको छ ।

आयोगको गत २२ गतेको बैठकले उनलाई कारबाही गर्ने निर्णय गरेको हो । उनलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ग) बमोजिम कारबाही गरिएको हो ।

टिप्पणीहरू