अमेरिकाबाट आएकी रानी एअरपोर्टमै ढलेपछि…

अमेरिकाबाट आएकी रानी एअरपोर्टमै ढलेपछि…

आज बिहान अमेरिकाबाट काठमाडौं आइपुगेकी एक जना नेपाली विमानस्थलको अध्यागमन अघिल्तिर बेहोश भई ढलेकोमा अस्पताल पुग्नासाथ मृत घोषित भएकी छन् ।

कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी उनी एक्कासी ढलेकी हुन् । ७९ वर्षीया जयरानी राई आगमन अध्यागमन अघिल्तिर बिहान पौने १० बजे ढलेको बताइन्छ ।

ढल्नेबित्तिक्कै नजिकैको केएमसी अस्पताल लगिएको थियो । तर ती वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ ।

टिप्पणीहरू