नेपाल टेलिकमले ‘निर्वाचन अफर’ ल्याउने

नेपाल टेलिकमले ‘निर्वाचन अफर’ ल्याउने

नेपाल टेलिकमले स्थानीय निर्वाचनको सन्दर्भमा जीएसएम प्रिपेड तथा पोष्टपेड मोबाइल सेवामा ‘निर्वाचन अफर’ ल्याउने भएको छ ।

वैशाख ३० गते हुने निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने नयाँ अफर ल्याउन लागेको हो । यो अफर भोलिदेखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउन लागेको छ । तीन दिनसम्म सबै नेटवर्कमा दुई सय मिनेट कुराकानी गर्न सकिने दुई सय मिनेट भ्वाइस प्याक, तीन सय वटा एसएमएससहितको एसएमएस प्याक र तीन दिनसम्म प्रयोग गर्न सकिने छ जीबी डाटा प्याक समेत ९८ रुपैयाँमा किन्न सकिने छ ।

टिप्पणीहरू