विश्वको मोस्ट वाण्टेड लागुऔषध तस्करको सुपुर्दगी

विश्वको मोस्ट वाण्टेड लागुऔषध तस्करको सुपुर्दगी

विश्वको मोस्ट वाण्टेड र संसारको सबैभन्दा खतरनाक लागुऔषध तस्कर समातिएका छन् । कोलम्बियाका डेइरो एन्टोनियो उसुगा ‘ओतोनिएल’ नामले समेत चिनिन्छन् । उनै तस्करलाई कोलम्बिया सरकारले अस्ति अमेरिकालाई सुपुर्दगी गरेको छ ।

उसुगा संसारकै सबैभन्दा खतरनाक लागुऔषध तस्कर गर्ने ठूलो ग्याङ गल्फ क्लानको नेता मानिन्छन । ग्याङलाई विश्वमा कोकिनको सबैभन्दा ठूलो निर्यातकर्ता मानिन्छ । उसुगा र उनको ग्याङलाई सन् २००३ र २०१२ को बीचमा कम्तिमा ७३ टन कोकिन अमेरिका पुर्याएको आरोपलगायत हत्या र बालदुराचार समेतको गम्भीर आरोप लागेको छ ।

उसुगाको गिरफ्तारीलाई सन् १९९३ मा अर्का मोस्ट वाण्टेड तस्कर पाब्लो एस्कोबारको हत्यापछि कोलम्बियाको लागुऔषध तस्करीमा सबैभन्दा ठूलो धक्का लागेको मानिएको छ । एक दशकदेखि मोस्ट वाण्टेडको सूचीमा रहेका ओतोनिएललाई निकै मुश्किलका साथ गत अक्टोबरमा पनामाको सीमानाबाट पक्राउ गरिएको थियो ।

उक्त अपरेशन सम्पन्न गर्न पाँच सय सैनिक र २२ वटा हेलिकप्टरको प्रयोग गरिएको थियो । उनलाई पक्रनुअघि अमेरिकाले उनको नाममा ५० लाख डलर इनाम समेत राखेको थियो ।

स्रोत: आरटी र अन्य विभिन्न एजेन्सी

टिप्पणीहरू