नबिल बैंक युएसडीएमा सूचीकृत

नबिल बैंक युएसडीएमा सूचीकृत

नबिल बैंक युएस डिपार्टमेण्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेण्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकृत भएको छ । बैंकले युएसडीएसँग सम्झौता गरेर कार्यक्रममा सूचीकृत भएको हो ।

युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्यांकनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत हुने नबिल बैंक नेपालको पहिलो र एकमात्र बैंक बनेको छ ।

यो व्यवस्थासँगै बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेण्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युएसडीए कार्यक्रमअन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकको तर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकहरुबाट प्रमाणीकरण गरिरहनु पर्ने छैन ।

यो व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्र मार्फत् सोझै अमेरिकी बैंकहरुबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

टिप्पणीहरू