काँग्रेसका थप ५ बागीले हात उठाए

काँग्रेसका थप ५ बागीले हात उठाए

सुर्खेतको भेरिगंगा नगरपालिकामा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी हालेका काँग्रेसका नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नगर प्रमुखमा बागी उम्मेदवारी दिएका काँग्रेस कर्णाली प्रदेश कार्यसमिति सदस्य मानबहादुर बुढामगरसहित विभिन्न वडाका उम्मेदवारले हिजो विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

उम्मेदवारी फिर्ता लिनेहरुमा भेरिगंगा ५ मा स्वतन्त्र उम्मेदवारी दिएका वडाध्यक्ष र तीन जना सदस्य छन् । वडाध्यक्षको बागी उम्मेदवार दानबहादुर बराल र महिला सदस्य कमला पुन मगरले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।उनीहरुले पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर र वडातहका नेता तथा कार्यकर्ताहरुको आग्रहबमोजिम पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गर्ने प्रण गर्दै उम्मेदवारी फिर्ता लिएको बताए ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने आकांक्षा भएकाले पार्टीबाट त्यो अवसर पाउन नसकेपछि बागी उम्मेदवारी दिन बाध्य भएको उनीहरुको भनाइ छ । साथै, उम्मेदवारी रिर्ता लिँदै उनीहरुले चुनावी अभियानमा सहभागी हुने प्रतिबद्धता पनि जनाएका छन् ।

टिप्पणीहरू