रेणुले चुनाव जितिसक्नुभएको छ : प्रधानमन्त्री देउवा

रेणुले चुनाव जितिसक्नुभएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरका मेयरका उम्मेदवार रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

भरतपुरमा आज आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भरतपुर महानगरको गठबन्धनको भावनाअनुसार सहयोग गर्न आग्रह गर्नुभएको हो ।

‘रेणु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् । उहाँले पाँच वर्षमा गरेको विकास हेर्नुहोस् । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भन्नुभयो, ‘बेरूजु नहुने एक मात्र नगरपालिका भरतपुर हो । अरु नगरपालिकामा धेरै बेरूजु छ ।’

रेणुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुशी भएको उहाँको भनाइ छ । आफ्नै पार्टीका केही नेताले बखेडा नझिकेको भए रेणुले मेयरमा अहिले नै चुनाव जितिसकेको प्रधानमन्त्री देउवाको भनाइ छ । ‘उहाँले जितिसक्नु भएको छ । तर, के गर्ने मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू