एमालेलाई कुहिएको फर्सिसंग तुलना गर्दै माधव नेपालले भन्नुभो, केपी ओली बयलगाढाका दार्शनिक !

एमालेलाई कुहिएको फर्सिसंग तुलना गर्दै माधव नेपालले भन्नुभो, केपी ओली बयलगाढाका दार्शनिक !

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई कुहिएको फर्सीजस्तो तुलना गर्नुभएको छ । आज चितवनमा सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उहाँले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताउनुभयो ।

‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुँहिएर किरा परिसकेको छ,’ नेपालले भन्नुभयो । केपी ओली प्रवृतिले गर्दा एमाले कुहिएको पनि उहाँको भनाइ छ । एमालेमा केपी ओलीका आगमन भएसँगै बिग्रिएको पनि उहाँले बताउनुभयो ।

विगतमा राजतन्त्र फाल्न तीन दल एकमत भएको स्मरण गराउँदै अहिले केपी ओली प्रवृतिलाई फाल्न गठबन्धन बनेको अध्यक्ष नेपालले दाबी गर्नुभयो । उहाँले एमाले अध्यक्ष ओलीलाई बयलगाढा सिद्धान्तका दार्शनिक र महान गफाडी भन्दै व्यंग पनि गर्नुभयो ।

‘ओलीले गफमा विद्यावारिधि गरेका छन् । झुटको पुलिन्दा छर्न सक्छन् । समयमा बुझ्नु भएन भने फुर्सदमा पछुताउनु पर्ला,’ नेपालले भन्नुभयो, ‘यहि भरतपुरमा २०६२ को जनाअन्दोलनको जुलुसको अगुवाइ गरेको थिएँ । अहिले पनि केपी ओलीको प्रतिगमनविरुद्ध एकतावद्ध नभएको भए संविधान कागजको खोस्टोमा परिणत हुने थियो ।’

टिप्पणीहरू