रेणु दाहालको भाषण सुनेर माधव नेपाल दंग

रेणु दाहालको भाषण सुनेर माधव नेपाल दंग

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरका मेयर रेणु दाहालको खुलेर प्रशंसा गर्नुभएको छ ।

पाँच दलीय गठबन्धनले चितवनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मेयरका रुपमा रेणु दाहालले गरेका कामको फेहरिस्त सुनेर आफू दंगदास भएको बताउनुभयो ।

‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भन्नुभयो । रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको उहाँको भनाइ छ ।

टिप्पणीहरू