मान्छे मारेर भागेका मुण्डा तीन वर्षपछि खोरमा

मान्छे मारेर भागेका मुण्डा तीन वर्षपछि खोरमा

२०७५ सालमा मान्छे मारेर फरार अभियुक्त हिजो समातिएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भई काठमाडौंको नैकाप बस्ने २५ वर्षीय मुण्डा भनिने सरोज सुन्दासलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले पक्रेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरि उनलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पठाएको प्रहरीले जनाएको छ ।

उनले २०७५ मंसिर ८ गते दिउँसो तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प नजिकै महेश परियार, मनिष बानियाँ र मुण्डा भनिने सरोज सुन्दासले चक्कु प्रहार गर्दा बिक्की थेबे लिम्बुको ज्यान गएको थियो । अर्का अनिल श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

टिप्पणीहरू