कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो

कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो

आज कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाले संक्रमणको कारण ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ५२ पुगेको हो ।

त्यसैगरी, देशभर १९ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार तीन हजार आठ सय २१ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ भने अझै दुई सय १७ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १० जना नयाँ संक्रमित फेला परेका छन् । ललितपुरमा दुई र भक्तपुरमा संक्रमित थपिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५९ रहेको छ । भक्तपुर र ललितपुरमा चार चार जना छन् ।

टिप्पणीहरू