विश्व बैंकबाट थप १८ अर्बबढी ऋण लिइने

विश्व बैंकबाट थप १८ अर्बबढी ऋण लिइने

विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर अर्थात १८ अर्बबढी रुपैयाँ बराबरको ऋण दिने भएको छ । मुलुकको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र वित्तीय सेवामा पहुँच बढाउन बैंकले सो रकम प्रदान गर्ने भएको हो ।

आज अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले उक्त सम्झौंतामा हस्ताक्षर गरेका छन् ।

उक्त ऋण रकम कोभिड महामारी, जलवायु परिवर्तनका जोखिमलाई सम्बोधन गर्न र डिजिटल भुक्तानी तथा वित्तीय समावेशीकरणसँग सम्बन्धित आयोजनाहरुलाई सम्पन्न गर्ने कार्यमा उपयोग गरिने बताइएको छ ।

टिप्पणीहरू