एनएमबी र यो–योबीच सहकार्यको सम्झौता

एनएमबी र यो–योबीच सहकार्यको सम्झौता

एनएमबी बैंकले यो–यो जिपलाइन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ, जिपलाइन, स्विङ, केनोपि र रेष्टुरेन्ट एण्ड कफी शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ ।

बैंकका ग्राहकले उक्त सेवाको भिसा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । सम्झौतापत्रमा बैंककातर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो–योका तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको एनएमबी भिसा कार्ड डिस्काउण्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

टिप्पणीहरू