वम आतंकले विमानस्थलमा खैलाबैला

वम आतंकले विमानस्थलमा खैलाबैला

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको हल्लाले आतंक मच्चिएको छ । बम राखेको भन्दै आज बिहान अज्ञात व्यक्तिले फोन गरेपछि विमानस्थलमा केहीबेर खैलाबैला भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलभित्र ति व्यक्तिले आठ वटा बम राखेको भनेर फोन गरेका थिए । त्यसपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै आन्तरिकतर्फका सबै यात्रुलाई बाहिर निकालिएको उनले बताए ।

विमानस्थलमा खटिएका प्रहरीका अनुसार अन्तराष्ट्रिय उडानहरु जारी रहेपनि आन्तरिक उडानहरु केहीबेर प्रभावित बनेका थिए ।

प्रहरीका अनुसार अहिले सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ । सबैतिर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको र अहिले उडान सूचारु भैसकेको छ ।

टिप्पणीहरू