उद्योग मन्त्रीलाई तत्काल कारबाही गरियोस् : एमाले

उद्योग मन्त्रीलाई तत्काल कारबाही गरियोस् : एमाले

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेले प्रदेश नम्बर १ का एक जना मन्त्रीविरुद्ध कारबाहीको माग गरेको छ । प्रदेशका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ताप्लेजुङका कार्यालय सचिव लीलाचक्र गुरुङले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

प्रतापले आचारसंहिता विपरीत उम्मेदवारको चुनावी प्रचार प्रसारमा सरकारी सवारी साधनको प्रयोग गरेको आरोप लगाइएको छ । उनले मैवाखोला गाउँपालिका वडा नम्बर–६, फाकुम्बामा चुनावी प्रचारको क्रममा सरकारी गाडी प्रयोग गरेका हुन् ।

मन्त्रीले नेपाली काँग्रेसलगायत पाँचदलीय गठबन्धनको चुनावी अभियानमा अस्ति सोमबार सरकारी गाडी प्रयोग गरेर स्थानीय निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै एमालेले कारबाहीको माग गरेको हो ।

टिप्पणीहरू