१० औं अधिवेशन, १० मिनेट बसेर १० जेठसम्म स्थगित

१० औं अधिवेशन, १० मिनेट बसेर १० जेठसम्म स्थगित

लुम्बिनी प्रदेश सभाको आजदेखि शुरु भएको १० औं अधिवेशन प्रारम्भलगत्तै स्थगित भएको छ । प्रदेश सभाको दुई अधिवेशनको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधानलाई पूरा गर्न बोलाइएको आजको बैठक तत्काल स्थगित गरिएको हो ।

अधिवेशनको पहिलो बैठक शुरु हुने बितिक्कै नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बेल घेराउ गर्दै अवरुद्ध पारेका हुन् । बैठकको प्रारम्भमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरूले राखेका माग सम्बोधन नभएसम्म सदन चल्न नदिने बताएपछि अरु सांसद दौडिउँदै बेल अगाडि गएका थिए ।

१० मिनेटसम्म भएको नाराबाजीपछि सभामुखले अर्को बैठक जेठ १० गतेसम्मको लागि स्थगित गरिएको जानकारी गराउनुभएको हो ।

टिप्पणीहरू