प्रधानमन्त्री देउवा र शेखर कोइरालाले एउटै मञ्चबाट भोट माग्ने

प्रधानमन्त्री देउवा र शेखर कोइरालाले एउटै मञ्चबाट भोट माग्ने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तीब्र तयारी गरिरहेका सत्तारुढ गठबन्धनका पाँच दलले संयुक्त चुनावी सभा गर्ने भएका छन् । दलका नेताहरुले आफ्ना उम्मेदवारलाई विजयी गराउने आग्रहका साथ सम्बोधन गर्ने पाँच दलीय लोकतान्त्रिक गठबन्धन, चितवनले जनाएको छ ।

उनीहरुले पर्सि बिहीबार चितवनको भरतपुरमा चुनावी सभाको आयोजना गर्न लागेका हुन् । सभामा पाँच दलका शीर्ष नेताहरु प्रमुख वक्ताको रुपमा उपस्थित हुने बताइएको छ ।

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।त्यसैगरी गठबन्धनप्रति असहमति जनाउँदै आएका काँग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले पनि सोही मञ्चबाट गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गर्ने बताइएको छ ।

चुनावी सभामा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू