सगरमाथामा सांगीतिक कन्सर्ट

सगरमाथामा सांगीतिक कन्सर्ट

गायक राजु लामाले सगरमाथा पुगेर एकल कन्सर्ट गरेका छन् । उनले छ हजार पाँच सय ७४ मिटरको उचाइमा कन्सर्ट गरेका हुन् ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प–३ मा पुगेर गीत गाएका हुन् । उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ ।

राजुले त्यहाँ पुगेर आफ्नो सार्वजनिक नभएको ’हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीत गाएका हुन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्याण्डका थुप्रै चर्चित गीतहरू पनि गाएका थिए ।गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्,–’६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन,’ ’तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्यो । हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो ।’

यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर विश्व रेकर्ड राखेका थिए । उक्त रेकर्डलाई तोड्दै गायक राजु नयाँ कीर्तिमान राख्न सफल भएका छन् ।

भिडियाे BBC बाट साभार :

https://www.facebook.com/watch/?v=1349689445525784

टिप्पणीहरू