काँग्रेसी मन्त्रीद्वारा प्रधानमन्त्रीको जिल्लामा आचारसंहिता उल्लंघन

काँग्रेसी मन्त्रीद्वारा प्रधानमन्त्रीको जिल्लामा आचारसंहिता उल्लंघन

निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोपमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । मन्त्री बोहराले नेपाली काँग्रेस डडेलधुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएपछि उनीविरुद्ध उजुरी परेको हो ।

आचारसंहिताअनुसार मन्त्रीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न पाईंदैन । उजुरी दर्ताका सम्बन्धमा आवश्यक निर्णय गरी सम्बन्धित निकायमा सूचना पठाइसकेको र छानबिनको प्रक्रियामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

मन्त्रीले स्थानीय अमरगढी नगरपालिकामा आयोजना गरिएका चुनावी प्रचार कार्यक्रममा भाग लिएका हुन् । उनले भाग लिएको कार्यक्रमको फोटो र भिडियोसहित उजुरी परेको हो ।

टिप्पणीहरू