नयाँ दिल्लीको ट्याम्पोमा रुख

नयाँ दिल्लीको ट्याम्पोमा रुख

भारतको राजधानी दिल्लीका अटो रिक्सा (टेम्पो) चालक महेन्द्रकुमारले आफ्ना यात्रुहरूलाई गर्मीबाट बचाउन र चिसो महशुस गराई राख्न अनौठो जुक्ति निकालेका छन् । गर्मीबाट नयाँ दिल्लीमा बेहालको अवस्था उत्पन्न भएपछि महेन्द्रले आफ्नो टेम्पोको छतमा सानो बगैंचा बनाएका हुन् ।

पछिल्लो केही सातादेखि राजधानी नयाँ दिल्लीको तापक्रम ४५ डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । मौसम विभागले यो अझ बढ्न सक्ने जनाएको छ । गर्मीमा महेन्द्रले निकालेको उक्त जुक्तिले एक हदसम्म सफलता पाएको छ ।

उनी भन्छन्, ‘मेरो गाडीमाथिको सानो बगैंचाले गाडीलाई चिसो बनाइ राखेको छ ।’ उनको ‘मुभिङ गार्डेन’ मा अहिले उनीसँग यात्रा गर्ने यात्रुहरु फोटो वा भिडियो खिच्ने गर्दछन् जसले गर्दा अन्य ग्राहकलाई समेत आकर्षित गरिरहेको छ ।

नयाँ दिल्लीका सडकमा पहेँलो र हरियो रंगको अटोरिक्सा (टेम्पो) जताततै भए पनि महेन्द्रको गाडीमाथिको बगैंचा र भित्र दुई वटा मिनी कुलर र फ्यान जडान गरिएको छ । त्यसले पनि अरु रिक्साभन्दा शतप्रतिशत फरक देखिन्छ । तीन सन्तानका पिता महेन्द्रले ग्राहकको समस्यालाई ध्यानमा राख्दै गरेको उत्कृष्ट सेवाका कारण थप बक्सिस (टिप्स) समेत पाउने गरेका छन् ।

स्रोतः विभिन्न एजेन्सी

टिप्पणीहरू