ढाकामा इद, चारैतिर भीड (फोटो फिचर)

ढाकामा इद, चारैतिर भीड (फोटो फिचर)

पछिल्ला केही साताको सप्ताहन्तमा बंगलादेशको राजधानी ढाकाका व्यस्त सडकहरूमा कम ट्राफिक देखिए । तर पनि सडक किनारा र चोकहरुमा भने लाखौँ मानिसको भीड थियो । बस टर्मिनल, रेल स्टेशन तथा बन्दरगाह र विमानस्थलहरूमा पनि त्यस्तै भीड देखिन्थ्यो ।

यसको कारण थियो कोभिड–१९ महामारीका कारण दुई वर्षदेखि ठप्प रहेको यात्रा अहिले इद उल फित्र पर्वमा मानिसहरु आफ्ना परिवारलाई भेट्न हतारिँदै हिँडेको अवस्था ।इद उल–फित्र, मुस्लिमहरुको पवित्र महिना रमजानको उपवासपछि चन्द्रमाको दर्शनको आधारमा मानिने अर्को पवित्र पर्व हो । सबैजना आआफ्ना परिवार तथा आफन्तसँग भेटघाट गर्न र परिवारसँग पर्व मनाउन लालायित हुन्छन् ।

त्यसका लागि आआफ्नो घर जान चाहन्छन् । तर, यात्रुहरुको घुईंचोले कतिपय बस वा रेलको छतमा समेत बसेर यात्रा गर्न तयार हुन्छन् ।

रेल्वे स्टेसनको सोही भीडलाई चिनियाँ समाचार संस्था सिन्ह्वाका प्रतिनिधिले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

टिप्पणीहरू