एमालेका १५ बागी निष्कासित

एमालेका १५ बागी निष्कासित

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी हाल्ने रुपन्देहीका १५ जनालाई पार्टीबाट हटाएको छ । एमाले रुपन्देहीले आज विज्ञप्ति जारी गर्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।

जसमा देवदह नगरपालिका वडा नम्बर १ का हरिबहादुर तामाङ, देवदह ५ का तोलराज बिक, देवदह ७ का पदम थापा, ओमसतिया २ का इन्द्रजीत यादव, ओमसतिया ४ का बेचुराम जयसवाल र रामशंकर चाई छन् ।

त्यस्तै, रोहिणी १ की अनिता हरिजन, रोहिणी २ का कान्छा कोहार, रोहिणी ४ का नन्दकिशोर कुर्मी, रोहिणी ५ का पशुपतिनाथ यादव र बुटवल १६ की बबिता आचार्यलाई पार्टीले कारबाही गरेको हो । सियारी ४ का श्रीप्रसाद श्रेष्ठ, गैंडहवा ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा ६ का हरि पाण्डे र तिलोत्तमा ५ का हरि पौडेललाई पनि पार्टीबाट निष्कासन गरिएको छ ।

‘पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यलाई आजका मितिदेखि नै लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरेर सबै जिम्मेवारीबाट निष्कासन गरिएको छ । साथै, उनीहरुको कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरुको विजय सुनिश्चित गर्ने अभियानमा आ–आफ्नो पालिकामा एक भएर लाग्न हार्दिक अनुरोध गर्दछौँ,’ जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू