लुम्बिनीका आधा दर्जन ठूला नेता एमालेबाट आउट

लुम्बिनीका आधा दर्जन ठूला नेता एमालेबाट आउट

पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेशका छ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएका र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै प्रदेश कमिटीका छ जना सदस्यमाथि एमालेले कारबाहीको डण्डा चलाएको हो ।

निष्कासित हुनेहरूमा कपिलवस्तुका कुमारमधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुंग, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव हुन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले आज विज्ञप्ति जारी गरी छ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको बताएका हुन् । पार्टीमा देखिएको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै सिंगो पार्टीपंक्ति चुनावी अभियानमा होमिएको बेला एकताबद्ध भएर निर्वाचनमा लाग्न उनले आग्रह गरेका छन् ।

टिप्पणीहरू