स्पाइस जेट तुफानमा फस्दा १४ यात्रु घाइते

स्पाइस जेट तुफानमा फस्दा १४ यात्रु घाइते

भारतको मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमान तुफानमा फसेको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा जहाज बाढीमा फस्दा १४ यात्रु घाइते भएको बताइएको छ ।

आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए ।

दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको छ । आँधीले विमान हल्लिएपछि केविनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको थियो । ‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो ’, एक यात्रुले भने ।

दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ । नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ ।

टिप्पणीहरू