माधव नेपालको जिल्लामा एकीकृत समाजवादी रोजेका एमाले नेता प्रचारमा हिँडे

माधव नेपालको जिल्लामा एकीकृत समाजवादी रोजेका एमाले नेता प्रचारमा हिँडे

नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य रामजी साह नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । अध्यक्ष माधवकुमार नेपालको गृहजिल्लासमेत रहेको रौतहटमा आज आयोजित चुनावी कार्यक्रममा उनले समाजवादी रोजेका हुन् ।

अध्यक्ष नेपालको गृहजिल्ला भएकाले समाजवादीले त्यहाँ चुनाव प्रचारप्रसार तीब्र पारेको छ । आजै चन्द्रपुर, वृन्दावन, गरूडा, यमुनामाई, माधवनारायण र गौर नगरपालिकामा प्रचारसभा र घर दैलो कार्यक्रममा गरिएको थियो ।गरूडा नगरपालिकामा आयोजित सभामा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा छाडेर सात सयभन्दा बढी पार्टीमा प्रवेश गरेको समाजवादीले जनाएको छ ।

टिप्पणीहरू