ओलीको नजरमा काठमाडौंका अरु सबै उम्मेदवार नालायक

ओलीको नजरमा काठमाडौंका अरु सबै उम्मेदवार नालायक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा गर्नसमेत लायक नरहेको टिप्पणी गर्नुभएको छ । उहाँले उम्मेदवार बन्ने इच्छा राख्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भए पनि उनीहरु चर्चा गर्न लायक नभएको बताउनुभएको हो ।

आज श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अरु दलका उम्मेदवारको आवश्यकता नै नभएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ ।

किनभने अरु उम्मेदवार चर्चा गर्न लायकका पनि छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यकता नै छैन । त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्नँ । उहाँहरुको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौँ । एमालेलाई जिताऔं,काठमाडौंलाई सफा गरौं ।’

काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने र यहाँका नदीनालालाई पूर्ण सफा बनाउने संकल्प लिएकाले केशव स्थापितलाई एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा उठाएको ओलीको दाबी छ ।

टिप्पणीहरू