रुस र युक्रेनका राष्ट्रपतिलाई जी- २० शिखर सम्मेलनको निम्तो

रुस र युक्रेनका राष्ट्रपतिलाई जी- २० शिखर सम्मेलनको निम्तो

इण्डोनेसियामा हुने विश्वका धनी र औद्योगिक राष्ट्रहरुको समूह जी २० को आगामी शिखर सम्मेलनमा युध्दरत रुस र युक्रेनका राष्ट्रपतिलाई निम्तो दिइएको छ । इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आमन्त्रण गरेका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई राष्ट्रपति विडोडोले फोनमा निम्तो दिएको बताइएको छ । पुटिन र जेलेन्स्कीलाई निमन्त्रणापत्र समेत पठाइसकिएको त्यहाँको विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

रुसी राष्ट्रपति पुटिनले सम्मेलनमा सहभागी हुने आश्वासन दिएको विडोडोले जानकारी दिएका छन् ।

रुस जी २० समूहको सदस्य राष्ट्र हो । तर युक्रेन त्यसको सदस्य छैन । युक्रेनमाथि भएको रुसी आक्रमणलाई रणनीतिक हिसाबले अन्त्य गराउन जी २० मा रुस र युक्रेनका राष्ट्रपतिलाई बोलाइएको अनुमान गरिएको छ ।

जबकि अमेरिकालगायत पश्चिमा धनी मुलुकहरुले यसबीच रुसमाथि अनेकौं प्रतिबन्ध लगाएका छन् ।

टिप्पणीहरू