जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी

आज वैशाखकृष्ण पक्ष औँसी हो । आजैका दिन जन्म दिने आमालाई सम्मानपूर्वक विशेष भक्ति गरिन्छ । आमाको मुख हेर्ने दिनको रुपमा हिन्दु र बौध्द धर्मावलम्वीहरु आफ्नी जननीलाई मीठा खानेकुरासहित भक्तिभाव देखाउँदैछन् ।

हिन्दु शास्त्रमा सबैभन्दा उच्च स्थानमा रहेकी आमाप्रति श्रध्दा, भक्ति,सम्मान र आदर गर्ने अनि उहाँबाट आशीर्वाद थाप्ने दिनका रूपमा पनि यो पर्वलाई लिइन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण,पिण्ड र पुरोहितलाई सिदादानसहित भोजन गराएर आजको दिनलाई विशेष रुपमा मनाउँछन् ।

वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला र अति प्यारा हुने उल्लेख छ ।

आज काठमाडौंको मातातीर्थमा मेला लागेको छ । विशेषगरी आमा नभएकाहरुले तीर्थमा स्नान र पूजा गर्छन् ।

टिप्पणीहरू