सिन्धुलीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ७ घाइते

सिन्धुलीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ७ घाइते

सिन्धुलीमा आज बेलुकी भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका–१, नक्कलेमा भएको दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

घाइते सबैलाई स्थानीय बेलघारी स्वास्थ्य चौकीपछि सिन्धुली अस्पताल पुर्याइएको छ । दुर्घटनामा मारिनेहरुमा आम्बोटेका ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ की रूपा मगर र तीर्थ परियार हुन् ।

प्रहरीका अनुसार घाइतेमध्ये कर्णबहादुर विक, तुल्सीराम पहाडी र चालक राजु खत्रीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सदरमुकाम सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नम्बरको सिङ्गलक्याप बलेरो जीप दुर्घटना भएको हो ।

टिप्पणीहरू