भरतपुरको अवस्था सुनाउन विमानस्थलबाट गृहमन्त्री खाँण सिधै बालुवाटार

भरतपुरको अवस्था सुनाउन विमानस्थलबाट गृहमन्त्री खाँण सिधै बालुवाटार

चितवनबाट फर्किएपछि गृहमन्त्री बालकृष्ण खाँण बालुवाटार पुग्नुभएको छ । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी हालेका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन अस्ति चितवन जानुभएका उहाँ त्यहाँको अवस्थाबारे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराउन बालुवाटार पुग्नुभएको हो ।

दुई दिनसम्म छलफल गर्दा पनि पौडेल उम्मेदवारी फिर्ता गर्न तयार नभएपछि निराश भएर फर्किनुभएका गृहमन्त्री विमानस्थलबाट सिधै बालुवाटार जानुभएको हो । उहाँ दुई घण्टादेखि त्यहीँ रहनुभएको छ ।

सभापति देउवाले टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि पौडेलले अस्वीकार गरेपछि खाँणलाई पठाउनु भएको थियो । बताइए अनुसार गठबन्धनमै समस्या पर्ने भन्दै खाँणले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै संघको चुनावमा पार्टीले स्थान दिने आश्वासन पनि दिनुभएको थियो । तर, पौडेलले आफू कुनै पनि प्रलोभनमा नपर्ने जवाफ दिँदै उम्मेद्वारी फिर्ता नलिने अडान राखेपछि गृहमन्त्री खाँण निरास भएर फर्किनुभएको हो ।

टिप्पणीहरू