सभामुखको भाइलाइ जिताउन ‘बागी मेयर’ पछि हटे

सभामुखको भाइलाइ जिताउन ‘बागी मेयर’ पछि हटे

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट स्वतन्त्र उम्मेदवारी दिएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । आज विज्ञप्तिमार्फत उनले मेयर पदको बागी उम्मेदारी फिर्ता लिने बताएका हुन् ।

उनले आम नगरवासी, कार्यकर्ताको चाहना र शुभेच्छुकहरुको भावनालाई कदर गर्दै पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा जीत सुनिश्चित गर्न आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमा लेखेका छन् । उनीसहित बागी उम्मेदवारी दिएका अन्य वडाका उम्मेदवारहरुले पनि फिर्ता लिएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट नगरप्रमुखमा निर्वाचित उनलाई पार्टीले दोहोर्याउन नचाहेपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसपटक नगर प्रमुखको टिकट माओवादी केन्द्रले सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटालाई दिएको छ । बागी उम्मेदवारी दिएका तामाङले सापकोटालाई नगरप्रमुखमा जिताउन सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

टिप्पणीहरू