आज संक्रमित १४ जना, निको हुने १९ जना

आज संक्रमित १४ जना, निको हुने १९ जना

पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार सात सय ७१ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै दुई सय ४३ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४४ रहेको छ । भक्तपुरमा चार र ललितपुरमा १४ जना छन् ।

आज पनि संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाकोे ज्यान गएको छ ।

टिप्पणीहरू