ईंटाभट्टामा जिउँदो मान्छे पोल्ने पूर्वमन्त्रीको मुद्दा पेशीमा चढ्यो

ईंटाभट्टामा जिउँदो मान्छे पोल्ने पूर्वमन्त्रीको मुद्दा पेशीमा चढ्यो

जिउँदो मान्छेलाई ईंटाभट्टामा पोलेर मारेको अभियोगमा जेल परेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको मुद्दा आज पनि पेशी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको हो ।

यो मुद्दा पटक–पटक पेशी चढेर पनि सुनुवाइ हुन सकेको छैन । सात पटक स्थगित,पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइनेमा परेको थियो । पछिल्लो पटक मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

आलमविरुद्ध कर्तव्य ज्यान कसूरमा परेको मुद्दामा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालत वीरगञ्जले पनि सोही आदेश सदर गरेपछि त्यसविरुद्ध आलमले २०७७ मंसिर १२ गते सर्वोच्चमा निवेदन दिएका थिए । उच्च अदालतको आदेश बदर गर्न उनले माग गरेका हुन् ।

२०६४ को पहिलो संविधानसभा चुनाव जित्ने उद्देश्यले भारतदेखि पेशेवर बम बनाउने मानिस ल्याएर बम बनाउन लगाएका थिए । सो क्रममा विस्फोट हुँदा थुप्रैको हताहती भएको र घाइतेहरूलाई ज्युँदै ईंटाभट्टामा हालेर हत्या गरेको आलममाथि अभियोग छ ।

टिप्पणीहरू