रुसले पौने ३ सय बेलायती सांसदलाई प्रतिबन्ध लगायो

रुसले पौने ३ सय बेलायती सांसदलाई प्रतिबन्ध लगायो

रुसले बेलायतका झण्डै तीन सय सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती संसदको तल्ला सदन हाउस अफ कमन्सका दुई सय ८७ जना सांसदमाथि उक्त प्रतिबन्ध लगाएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसविरुद्ध विभिन्न प्रतिबन्ध लगाएपछि जवाफमा उक्त प्रतिबन्धको घोषणा गरेको हो ।

बेलायतको हाउस अफ कमन्समा छ सय ५० जना सांसद छन् ।

टिप्पणीहरू