आज संक्रमितभन्दा निको हुने धेरै

आज संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा मुलुकभर १५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार आठ सय ७५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै दुई सय ४९ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा नौ जनामा संक्रमण देखिएको छ । ललितपुरमा एकजना र भक्तपुरमा नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४३ रहेको छ । भक्तपुरमा सात र ललितपुरमा १९ जना छन् ।

आज पनि संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भएको छ ।

टिप्पणीहरू